नवलपुर । नवलपुर जिल्लामा सवारी दुर्घटना न्यूनिकरण हुन सकेको छैन् । चालु आर्थिक बर्ष २०७७÷७८को ७ महिनाको समयावधिमा सवारी दुर्घट्नाबाट २८ जनाले ज्यान गुमाएका छन । जिल्ला ट्राफिक कार्यालय नवलपुरका अनुसार आर्थिक बर्षमा सबैभन्दा धेरै कार्तिक महिनामा ७ जनाले ज्यान गुमाएको जनाएको छ । त्यस्तै साउन भदौमा २÷२आश्विन ३,मंसिरमा ३,पौष महिनामा ६ र माघ महिनामा ७ जना गरि जम्मा २९ जनाले ज्यान गुमाएको जिल्ला प्रहरीक कार्यालय नवलपुरका प्रमुख मुनेन्द्र थापाले जानकारी दिए ।
पूर्वपश्चिम राजमार्ग क्षेत्रका सड्क खाल्डाखुल्डी, अत्याधिक तीव्र गतिका कारण सवारी दुर्घटना क्रम बढेको प्रमुख थापाले जानकारी दिए । आर्थिक बर्षमा सबैभन्दा धेरै कार्तिक महिनामा ७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै साउन ,भदौमा २÷२आश्विन ३,मंसिरमा ३,पौष महिनामा ६ र माघ महिनामा ७ जना गरि जम्मा २९ जनाले ज्यान गुमाएको थापाले बताए । त्यस्तै गत बर्ष जिल्लामा सवारी दुर्घट्नाबाट ५९ जनाले ज्यान गुमाएका छन् । जसमध्ये सबैभन्दा बढि असोज महिनामा १२ जनाले ज्यान गुमाएको तथ्याङक गत बर्षको तथ्याङकमा उल्लेख छ ।
जसमध्ये श्रावणमा १ भदौमा ३,कार्तिकमा १०,मंसिरमा ५,पौष महिनामा ३ र माघ महिनामा ११,फागुनमा ४,चैतमा ७,बैशाखमा १ र असारमा महिनामा २ जनाले ज्यान गुमाएका थिए । जेष्ठ महिनामा सवारी दुर्घट्नाबाट ज्यान गुमाउनेको संख्या शून्य छ ।गत बर्षको श्रावण महिनादेखि माघ महिनामा सवारी दुर्घटनाबाट २६ जनाले ज्यान गुमाएका थिए भने् यस आर्थिक बर्षमा श्रावणदेखि माघ महिनासम्म घुमाउनेको संख्या २८ जनाले ज्यान गुमाएका छन् ।
गत बर्ष र यस आर्थिक बर्षको साउनदेखि माघ सम्म तुलनात्मक रुपमा दुर्घटनामा ज्यान गुमाउनेको २ ले बढि छ । । जिल्ला ट्राफिक कार्यालयले आर्थिक बर्षको ७ महिनाको समयावधिमा ५१ लाख ६६हजार ५ सय रुपैँया राजश्व संकलन गरेको जनाएको छ ।








