चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले वडा कमिटी गठनलाई तीव्रता दिएको छ । सोहि अनुसार आज (शुक्रबार) लाल प्रसाद गुरुङ्गको अध्यक्षतामा भरतपुर महानगरपालिका वडा नं. २१ मा राप्रपा वडा संगठन गठन भएको हो । जसमा उपाध्यक्षमा चिनुमाया अधिमारी, कुल बहादुर थापा, सचिवमा विदुर लामिछाने, सह सचिवमा रुसन थापा, कोषाध्यक्षमा शिवराम रिमाल रहनुभएको छ ।
भातृसंगठन अन्र्तगत किसान वडा कार्यसमितिको अध्यक्षमा कुल बहादुर मगर, उपाध्यक्षमा रेशम बहादुर भट्टराई, सचिवमा एकदव सिंजाली चयन हुनुभएको छ । महिला संगठन अध्यक्षमा संगिता तामाङ्ग, उपाध्यक्षमा रुसन थापा क्षेत्री, सचिवमा सानु मायाँ गुरुङ्ग, कोषाध्यक्षमा रस्मी गुरुङ्ग, सह सचिवमा लक्ष्मी पोखरेल रहनुभएको छ । यस्तै यूवा संगठन अध्यक्षमा हेमंत सुवेदी, उपाध्यक्षमा प्रकास गुरुङ्ग रहनुभएको छ । विद्यार्थी संगठन अध्यक्षमा सुजिना गुरुङ्ग, दलित संगठनमा प्रमिला वि.क, जनजाति संगठन अध्यक्षमा खड्ग बहादुर घर्ति मगर, उपाध्यक्षमा सुविता तामाङ्ग भू.पू सैनिक संगठन अध्यक्षमा रेशम लाल तामाङ्ग, उपाध्यक्षमा गोपाल भण्डारी, सचिवमा क्या मित्रलाल तामाङ्ग रहनुभएको छ ।
बागमति प्रदेश सांसद तथा राप्रपा केन्द्रीय सदस्य रिना गूरुङ्गको प्रमुख आतिथ्यतामा राप्रपा भरतपुर महानगरपालिका वडा नं. २१ को वडा अधिवेशन कार्यक्रम भएको थियो । कार्यक्रममा राप्रपा बागमति प्रदेश सदस्य ज्ञानु जङ्ग लामा, राप्रपा चितवनका अध्यक्ष रुद्र ढकाल, महिला अध्यक्ष गीता लमसाल, उपाध्यक्ष चेतनाथ वाग्ले, जिवलाल पुरी, सचिव केशव भण्डारी, जिल्ला दलित समिति अध्यक्ष मिना वि.क, राप्रपा जिल्ला निर्वाचन समितिका सह संयोजक अमर पराजुली, राप्रपा भरतपुर महागरपालिका अध्यक्ष, दीपक थापा मगर, उपाध्यक्ष उर्मिला पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो ।
नवं नियुक्त वडा कमिटीलाई बधाई दिदै अविर र दोसल्ला लगाई सम्मान गरिएको थियो । उहाँहरुले पदका भोका व्यक्ति र पार्टीको कट्पुत्ली नबन्न आग्रह गर्नुभएको छ । उहाँहरुले भन्नुभयो, कस्ले के गरिरहेको छ देश र जनताको लागि मुल्याङ्कन गर्न नसक्ने काहि छैन । सत्ताका लागि कस्ले गोल गर्न भन्दै फुटबल प्रतिस्पर्धामा लागेकाको खोक्रो भाषणमा नफस्नुस । उनीहरुले भोटका लागि जनतालाई कट्पुत्ली बनाई रहेका छन् । उपस्थित पदाथिकारीहरुले विकास प्रेमिको रुपमा चिनिने एक मात्र पार्टी राष्ट्रिय प्रजातन्त्र रहेको भन्दै राष्ट्रियतालाई जोगाउन राप्रपा विजय हुनै पर्नेमा जोड दिनुभएको थियो ।
साथै संगठन विस्तारले मात्र पार्टी मजबुत नहुने भन्दै कार्यसमितका पदाधिकारीलाई सक्रिय भएर काम गर्न आग्रह गर्नुभएको छ ।








