वलपुर । पूर्वी नवलपरासीमा शनिवार विद्युत आपुर्ति बन्द हुने भएको छ । विनयी त्रिवेणी गाउँपालिकाका छिटपुुट स्थान बाहेक जिल्लाभर नै विद्युत सेवा अवरुद्ध हुने भएको नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ ।
विहान ९ वजेदेखि साँझ ५ वजेसम्म कावासोती १३२ के.भि (प्रगतिनगर) सबस्टेशनमा बुटवल ग्रीड महाशाखाले Busbar Extension तथा आईसोलेशन कार्य गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द हुन लागेको केन्द्रले जनाएको छ । मर्मत कार्य अवधिमा प्रगतिनगर सबस्टेशन, कावासोती सबस्टेशन र मुकुन्दपुर सबस्टेशनबाट विद्युत प्रसारण हुने सवै क्षेत्रमा विजुली आपुर्ति बन्द हुने छ ।
काम सम्पन्न भएमा तोकिएको समय अगावै विद्युत सेवा सुचारु हुने समेत नेपाल विद्युत प्राधिरकण कावासोती वितरण केन्द्रले स्पष्ट पारेको छ ।








