सांकेतिक तस्विर
काठमाडौ । युवकलाई बन्धक बनाएर १० लाख फिरौती तीन जना पक्राउ मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१६ दरैयाका २० वर्षीय रोहित पण्डित, विराटनगर महानगरपालिका–१२ बखरीका २१ वर्षीय अजय यादव र विराटनगर महानगरपालिका–६ रामपुरका २८ वर्षीया सन्ध्या शर्मा रहेका छन् ।
उनीहरुले विराटनगर महानगरपालिका–१८ का २३ वर्षीय सुभाष कामतलाई शनिबार दिउँसो बन्दक बनाई १० लाख रुपैंया फिरौती मागेका थिए । यसबारे परिवारबाट सूचना प्राप्त गरेपछि खटिएको टोलीले कामतको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मान बहादुर राईले बताए । उनलाई बन्धक बनाएको २ घण्टामै बन्धकमुक्त गरिएको उनको भनाई छ ।








