काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय सचिव बीरु तामाङलाई हटाएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहयोग गरेको र सूचना चुहाएको आरोपमा गृहमन्त्री बादलले तामाङलाई हटाएका हुन् ।
तामाङलाई ३० माघ गतेबाटै लागू हुने गरी हटाइएको बादलका एक सचिवालय सदस्यले बताए । पूर्वमाओवादी लडाकूसमेत रहेका तामाङ संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै बादलको साथमा ओली पक्षतिर लागेका थिए ।








