चितवन । चितवनमा गत आ.व तुलनामा यस वर्ष कृषि मलको आयतमा कमि आएको छ । आ.व सकिन करिब पाच महिना मात्र बाकी रहदा माघ महिनासम्म युरिया मल १२६४.२५० टन मात्र आयत भएको छ तर गत आ.व मा ४३४५.४५० टन युरिया मल कृषि सामग्री केन्द्र चितवनमा आयत भएको थियो । त्यस्तै यसै आ.व मा डि.ए.पि मल १०८२.३०० टन आयत गरिएको छ भने गत आ।व मा ३४६५.४५० टन डि.ए.पि मल आयत भएको छ ।
यसरी हेर्दा यस आ.व सकिन करिब पाच महिना मात्र बाकी रहदा डि.ए. पि मल पनि गत वर्षको तुलनमा यस वर्ष कम आयत हुने देखिन्छ । त्यस्तै यस आ।व को माघ महिनासम्ममा पोटास मल ६५०.५०टन मात्रै आयत भएको छ भने गत आ।व मा ७६८.९५० टन आयात गरिएको थियो । कृषि चुनको पनि गत वर्षको तुलनामा यस वर्ष कम नै आयात हुने देखिएको छ ।
गत आ.व मा ६४.७३० टन आयात गरिएकोमा यस वर्षको हाल माघ महिनासम्म जम्मा १३.२७५ टन मात्र आयात गरिएको जिल्ला कृषि सामग्री केन्द्र चितवनका सुचना अधिकारी सन्त बहादुर नेपालिले जानकारी दिनुभयो । यसरी जिल्लामा कृषि सामाग्रीको आयातमा कमि आउनुको मुख्य कारण विस्वभर देखिएको कोरोना भाईरसको कारण रहेको सुचना अधिकारी नेपालिले बताउनुभयो ।
गत वर्षको तुलनामा आयातमा कमि आएपनी आफुहरुले कृषि मल ल्याउन सम्बन्धित निकायमा सक्दो पहल गरेको र किसानहरुलाई आवस्यक परेकोसमयमा आफुहरुले मल उपलब्ध गराएको पनि जानकारी दिनुभयो ।








