चितवन । सयौंको संख्यामा युवाहरु राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् । आज (विहिबार) भरतपुरमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रम चितवनका विभिन्न स्थानका ५ सय बढी राप्रपा प्रवेश गरेका हुन् ।
विभिन्न पार्टी परित्याग गरि ५ सय ९८ जना राप्रपा प्रवेश गरेका हुन् । नवं प्रवेशिलाई, पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता विक्रम पाण्डेको प्रमुख आतिथ्यतामा बागमति प्रदेश सांसद रिना गुरुङ्ग, राप्रपा प्रदेश सदस्य ज्ञानु जङ्ग लामा, जिल्ला अध्यक्ष रुद्र ढकालको अध्यक्षतामा अविर र दोसल्ला लगाई स्वागत गरिएको थियो ।
दीपक गुरुङ्गको सक्रियतामा यूवाहरु राप्रपा पार्टी प्रवेश गरेका हुन् ।








