चितवन । यही फागुन २३ देखि नारायणगढ–मुग्लिङ सडक खण्ड दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ । उक्त खण्डको चार किलोमा पहिरो रोकथामको बाँकी काम हुने भएकाले फागुन २९ गते सम्म सो समयभर सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताउनुभयो । उक्त समयमा दुईतर्फी आवागमन नै अवरुद्ध हुने भएकाले सकभर बैकल्पिक बाटो प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
यस अवधिमा नारायणगढ तर्फबाट गएका सवारी साधनहरु जलबिरे र मुग्लिङ तर्फबाट आउने सवारी साधनलाई मुग्लिङ नजिक शान्तिबजारमा रोकिने भएको छ ।








