हेटौंडा । मकवानपुर प्रहरीले मोटरसाईकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । बुधबार हेटौडा–४, कर्रास्थित श्रमिकपथ बस्ने ५५ वर्षीय पिथु लाल देउलाको आफ्नै घर अगाडी पार्किङ गरी राखेको ना ४ प ९२१० नम्बरको सुपर स्पेलेण्डर मोटरसाइकल चोरी गर्ने हेटौंडा-८ कमानेका २९ वर्षीय बिकु देउलालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।








