नवलपुर । गा्रहाकको चाहानालाई मध्यनजर गर्दै ए टु जेट मोबाइल हाउस कावासोतीले आज शनिवार आफ्नो चौंथो शोरुम विस्तार गरेको छ । कावासोती ८ थाना चोकमा रहेको आफ्नै भवनमा आज एक कार्यक्रमका विच नयाँ शोरुम उद्घाटन गरेको हो । नवलपुर उद्योग वाणीज्य संघका अध्यक्ष डासुराज पोख्रेलको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा ए टु जेट मोबाइल हाउस कावासोतीका शाखा प्रमुख अवित श्रेष्ठको अध्यक्षतामा रहकोे थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले ए टु जेट मोबाइल हाउसले आफ्नोे छुटै ब्रान्ड बनाउन सफल भएको भयो । बजारमा भित्रिएका हरेक नयाँ प्रविधीका मोबाईल किन्नका लागि नारायणगढ जाने बाध्यता हट्नुका साथै सुपथ मुल्यमा समेत यही उपलब्ध हुने भएकाले पनि ए टु जेट मोबाइलले ग्रहकको मन जित्न सफल भएको बताउदै सञ्चालक प्रति आभार प्रकट गर्नुभएको थियो ।
हरेक चाड पर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना ल्याउने ए टु जेट मोबाइल कावासोतीले आज आफ्नो नयाँ शोरुम उद्द्याटन गर्दै नयाँ वर्षको योजना समेत सार्वजनिक गरेको थियो । कावासोती नगरपालिका वडा नं ८ का वडा अध्यक्ष आनन्द गुरुङ, टु फोर सिक्स मोबाइल हाउस चितवनका मार्केटिङ म्यानेजर सन्तोष श्रेष्ठ लगायतको उपस्थिति रहेकोे कार्यक्रमको सहजिकरण राधिका भूसाले गर्नुभएको थियो ।








