चितवन । पूर्ब पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलमा सवारी साधनको ठक्करबाट एउटा चितुवाको बच्चा मरेको छ । शनिबार राती टिकौली चेकपोष्टबाट करिब ३ सय मिटर पूर्ब तर्फ चितुवाको बच्चा मरेको अबस्थामा भेटिएको हो ।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार ८ महिनाको जस्तो देखिने पोथि बच्चालाई सवारी साधनले ठक्कर दिदाँ मृत्यु भएको हो । बच्चाको मुखमा चोट लागेको उहाँले जानकारी दिनुभयो ।
रातको समयमा चितुवाको बच्चा मृत भेटिए पछि डिभिजन वन कार्यालय चितवनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । ठक्कर दिने सवारी चालकको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो ।








