चितवन । नेपाल कम्यनिष्ट पार्टी विप्लव समुहका नेता धर्मेन्द्र बास्तोलाले हतियार बुझाउने बिषय प्रमुख नभएको बताएका छन । सरकार बनाउने बिषय प्रमुख रहेको भन्दै उनले सरकार बनाउने बिषय महत्वपुर्ण रहेको बताएका हुन् । आज भरतपुर विमानस्थलमा पत्रकारसंँग कुरा गर्दै उनले अहिले सरकारमा जाने नजाने बिषयमा कुनै छलफल नभएको बताए ।
हाल तीनबुंँदे सहमति प्रारम्भिक बिषय मात्र भएको भन्दै उनले देशका समस्या समाधान गर्नु प्रमुख रहेको बताए । ‘अहिले पार्टीमाथिको प्रतिवन्ध खुलेको छ । नेता कार्यकर्ता रिहाईको क्रम चलिरहेको छ । उनले भने, देशमा राजनीतिक समस्या छ, आर्थिक समस्या छ । यसलाई हल गर्न अगाडी बढ्नु ठूलो कुरा हो । ’ आफूसंँग हतियार नभएको दाबी गर्दै उनले हतियार बुझाउनु भन्दा पनि सरकार बनाउने बिषय रहेको दोहोर्याए । आफ्नो पार्टीसंँग देश चलाउने खाकाहरु रहेको भन्दै उनले सरकारसँग छलफल बहस पैरवी गर्र्ने बताए ।








