• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

निजी क्षेत्रलाई सरकारले सहजीकरण गरिदिनुपर्छः वरिष्ठ उपाध्यक्ष ढकाल

  •   सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्रपसाद ढकालले उत्पादकत्व वृद्धि तथा रोजगार सृजनामा निजी क्षेत्रलाई सरकारले सहजीकरण गरिदिनुपर्ने बताएका छन् । सोमबार उद्योग वाणिज्य संघ चितवनको ५४ आँै वार्षिक साधारण सभालाई सम्बोधन गर्दै ढकालले राज्यका तर्फबाट आधारभूत पूर्वाधार निर्माण अनिवार्य रूपमा समयमै गरिदिए स्वदेशी तथा विदेशीहरू ठूलाठूला पूर्वाधारमा लगानी गर्न तयार रहेको समेत बताए ।

    ‘राज्यले लिने मात्र होइन दिने पनि हो भन्ने कुरालाई व्यवहारमा उतार्नुपर्छ’ उनले भने, ‘कोभिड वा अन्य आइपर्ने संकटमा राज्यले नीतिगत व्यवस्था गरेर सहजीकरण गर्नुपर्छ ।’ ढकालले नजिकै रहेको मौलाकालिका मन्दिरमा जान केवलकार शिलान्यासको चरणमा रहेको बताउँदै यसमा लगानी साझेदारी गर्न आफू तयार रहेको जानकारी दिए । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफुले निजी क्षेत्रको सहकार्य र समन्वयमा काम गरिरहेको बताइन् ।

    उनले उत्पादकत्व वृद्धि र रोजगारी सृजनामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसतर्फ केन्द्रित हुन निजी क्षेत्रलाई आग्रह गरिन् । प्रमुख दाहालले देशमै पहिलो पटक भरतपुर महानगरपालिकाले पिपिपी अवधारणा बमोजिम २ अर्ब बढीको लागतमा व्यावसायिक भवन निर्माणको लागि निजी क्षेत्रसंगको सम्झौता अन्तिम चरणमा रहेको बताउँदै यो भवन समग्र भरतपुरको पहिचानमा महत्वपूर्ण धरोहर हुने विश्वास व्यक्त गरिन् । उनले भरतपुरमा विकास निर्माणको काम तिव्र गतिमा भइरहनुले पनि भरतपुर महानगरपालिकाको निजी क्षेत्रसंगको सम्बन्ध सहयोगी रहेको छ भन्ने प्रमाणित गरेको बताइन् ।

    भरतपुर महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा करका दर र दायरा बढाएको बताउँदै उनले व्यवसाय करबाट प्राप्त हुने रकमबाट निश्चित प्रतिशत कर निजी क्षेत्रको क्षमता विस्तारमा खर्च गर्ने परिपाटी सुरू गरिएको समेत बताइन् । प्रमुख दाहालले महानगरपालिकाले साना, ठूला तथा मझौला उद्योगहरुको समुचित व्यवस्थापनका लागि वडावडामा साना स्तरका उद्योग ग्राम निर्माणको नीति लिएको बताउँदै यसै आर्थिक वर्षमा २ वटा वडामा लघुु उद्योग ग्राम निर्माणको काम सुरू गरि सकिएको बताइन् ।

    उनले पुर्वाधार विकास र व्यवस्थित सडक संजाल निर्माण नै सबै विकासको आधार हुने अपेक्षा सहित व्यवस्थित सडक संजालको विकास गरेर कनेक्टिभिटी मार्फत समग्र विकासलाई जोड्न आफू प्रतिवद्ध रहेको बताइन् । जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले निजी क्षेत्रको भूमिका राष्ट्रको सर्वाङ्गीण विकासमा महत्वपूर्ण हुने बताउँदै निजी क्षेत्रले पनि आफूलाई प्रतिस्पर्धी र क्षमतावान बनाउँदै लैजानुपर्ने बताए । प्रमुख डल्लाकोटीले देशमै रूग्ण र जीर्ण अवस्थामा रहेका उद्योगहरु संचालन गरी रोजगारी सृजनाको वातावरण बनाउन आग्रह समेत गरे ।

    कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले चितवनको समग्र विकासमा भए गरेका कामहरूको चर्चा गर्दै अब सबैको ध्यान विद्युतको अधिक खपत गर्नेगरी सोही बमोजिमका औद्योगिक वातावरण बनाउनुपर्ने बताए । घिसिङले विद्युुतीय सवारी साधनको उपयोग बढाउनुपर्ने भन्दै भान्छामा हुने ग्यासको प्रयोगलाई घटाउन इन्डक्सन चुलोको प्रयोगलाई बढाउने अभियान नै चलाउन आग्रह गरे ।

    वरिष्ठ व्यवसायी रामचन्द्र संघाइले देशको बिगँ्रदो राजनीतिक वातावरणले औद्योगिक वातावरण विग्रेको बताउँदै असल व्यावसायिक वातावरणका लागि स्थिर सरकार र सरल राजनीतिक वातावरण सृजना हुनुपर्ने बताए । कार्यक्रममा संघका अध्यक्ष राजु श्रेष्ठले संघको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

     

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.