चितवन । भरतपुरको चित्र कथा बुटिक एण्ड टेडिङ सेन्टरका रहेका विद्यार्थीहरुले नारी दिवस मनाएका छन् । उनीहरुले कालिका नगरपालिका वडा नम्बर ७ मा रहेको उदयपुर सामुदायिक वनको पार्कमा विभिन्न कार्यक्रम सहित १११ औं अन्तर्राष्ट्रि नारी दिवस मानएका हुन् । यो अवसरमा विद्यार्थीहरु विच परिचय सहित घैँटो फुटाई र बेलुम फुटाई कार्यक्रम समेत गरिएको थियो ।
चित्र कथा बुटिक एण्ड टेडिङ सेन्टरमा अहिले २५ बढि विद्यार्थीहरुले फेसन डिजाइन सम्बन्धि तालिम लिई रहेका छन् । चित्र कथा बुटिकले नारी दिवसकै अवसर पारेर गरिव तथा असाहयलाई निशुल्क रुपमा फेसन डिजाइन सम्बन्धि तलीम तथा रोजगरीको घोषण गरेको छ । चित्र कथा बुटिककी संचालक अनिता तमाङ्गले भन्नु भयो – ुफेसन डिजाइनर बन्ने ईच्छा भएका तर आर्थीक कारणले पढ्न नपाएकाहरुलाई हामी निशुल्क रुपमा पढाउँछौं ।ु पछिल्लो समय महिलाहरु फेसन डिजाइनर पेशा तिर आकर्षीत हुदै आएका छन् ।
गएको पाँच बर्ष देखि तमाङले कपडाको डिजाइन तथा सिलाई गर्ने र यस सम्बन्धी तालिम दिदै आउनु भएको छ । नेपालमा हाल फस्टाउँदो व्यवसायमध्येको एक व्यवसाय बुटिक हो ।








