काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले एमाले नेता रघुजी पन्तविरुद्ध उजुरी दिएकी छन् । वलीले प्रहरीमा गएर पन्तविरुद्ध गाली बेइज्जती मुद्दामा उजुरी दिएकी हुन् । यसअघि उनले कानुन व्यवसायीहरूसँगको परामर्श गरेकी थिइन् ।
पन्तविरुद्ध उनले विद्युतीय तथा अन्य आमसञ्चार माध्यमबाट बेइज्जती गरेको आरोप लगाएकी छन् । मुलुकी फौजदारी कार्यविधि संहित २०७४ को दफा ५३ को उपदफा १ बमोजिम हदैसम्मको कारबाहीको माग गरेकी छन् । उनले दिएको उजुरी जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ । केही दिनअघि पन्तले वलीविरुद्ध ‘यौनिक हिंसाजन्य’अभिव्यक्ति दिएका थिए । एक कार्यक्रममा पन्तले वलीलाई ‘सारी सरक्क सर्काएर पिँडुला देखाएको भरमा सभासद बनेको’ आरोप लगाएका थिए ।








