चितवन। चितवनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समिति चितवनले मंगलबारदेखि जिल्ला पार्टी कार्यालय सूचारु गरेको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताइदिएपछि मओवादी केन्द्रले भरतपुर कृष्णपुरस्थित पार्टी कार्यालयको प्राङ्गणमा आफ्नो कार्यालयमा वोर्ड राख्र्दै कार्यालय खोलेको हो ।
पार्टी कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्विरसमेत राखिएको छ । कार्यक्रममा प्रदेश सासंद घनश्याम दाहाल ९अविनाश०ले सामराज्यवादी, विस्तारवादी र हाम्रो देशका घोर दक्षिणपन्थी प्रतिक्रियावादीहरुको कारण पार्टी एकतामा आएको भन्दै उनले अब माओवादीहरु सशक्त रुपमा अगाडी बढ्नुपर्ने बताए । माओवादी केन्द्र चितवनका नेता आरसी अधिकारीले अदालतले पार्टी पुनःस्थापना गरिदिएकाले आफुहरु उत्साहित हुदै फेरि माओवादी पार्टी कार्यालय नियमित रुपमा सञ्चालन गरेको बताए ।
कार्यक्रममा माओवादी केन्द्र चितवनका अध्यक्ष यमबहादुर परियारले सबैलाई समेटेर माओवादीलाई एकताबद्ध बनाउनुबाहेक अरु विकल्प नरहेको भन्दै विगतमा भएका सम्पूर्ण गतिविधिलाई यथावत राखी पार्टीलाई एक बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा भरतपुर महानगरकी मेयर रेनु दाहाल लगायतका नेताहरुको सहभागीता थियो ।








