चितवन । मैयादेवी कन्या कलेजको दोस्रो कलेज सभा तथा वार्षिकोत्सबको उपलक्ष्यमा आज बिहान पवित्र धार्मिक स्थल देवघाट क्षेत्रमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। मयादेवी कलेज र क्वालिटी स्टुडेन्ट सर्कलको आयोजनामा भएको बृहत सरसफाई कार्यक्रममा देवघाट क्षेत्र विकास समिती, भरतपुर महानगरपालिका , श्री कालीबहादुर गण भरतपुर, सशस्त्र प्रहरी बल,आपटारि, युथ क्लब नारायणगढ, मैयाँ देवि ट्रस्ट ,भु.पु विधार्थी मन्च, मैयादेवी कन्या कलेज लगायत अन्य विभिन्न सङ्गसस्थाहरुको सहभागिता रहेको थियो ।
सरसफाई कार्यक्रममा सहभागीहरुले धार्मिक क्षेत्रहरु सधै सफा राख्नु पर्ने बताएका थिए । धार्मिक क्षेत्र भनेको देशको गहना जस्तो भएको कारणले पनि यस्को सरसफाई र संरक्षण गर्नुपर्ने सहभागीहरुले बताएका थिए । त्यस्तै मैयादेवी कलेजका अध्यक्ष तथा देबघाट क्षेत्र बिकास समितिका पुर्व अध्यक्ष टंक पौडेलले सरसफाई जस्तो पबित्र कार्यमा सबैले हातेमालो गर्नु पर्ने बताउनु भयो। कलेजले सामाजिक उत्तरदायित्व बहन गर्दै सरसफाई कार्यक्रम गरिएको पौडेलले बताउनुभयो ।
कार्यक्रममा ३५० भन्दा धेरैको सहभागीता रहेको थियो । चितवन ,नवलपुर र तनहुँको सङ्गम स्थल देवघाट धाम पर्यटकिय, धार्मिक , तथा ऐतिहासिक दृस्टीले समेत महत्त्व बोकेको क्षेत्र हो ।








