काठमाडौं । सत्ता समीकरणबारे आज नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच वार्ता हुँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अपराह्न ४ बजे दुवै दलका शीर्ष नेताबीच वार्ता हुन लागेको हो । जसपाले सत्ता सहकार्यका लागि सांसद रेशम चौधरीको रिहाई, कार्यकर्तामाथिको राजनीतिक मुद्दा फिर्ता, संविधान संशोधन लगायतका एजेण्डा अगाडी सारेको छ ।
बिहिबार जसपाले नेकपा एमालेसँग वार्ता गरेको थियो । जुन बैठक सकरात्मक भएको दुवै पक्षको भनाई छ । जसपासँगको वार्ताअघि कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। शुक्रबार अपरान्ह ३ बजे बुढानिलकण्ठमा पदाधिकारी बैठक राखिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले जसपाबारे एजेन्डा तय गर्नेछ ।








