• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

४२ वर्षमा फर्कियो मुस्कान

  •   सोमबार, चैत ०९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    इलाम । बिनासुनुवाइ ४० वर्ष भारतीय जेलमा रहेर छुटेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) आइतबार घर आएका छन्। परिवारसँग झन्डै ४२ वर्षपछि दुर्गाप्रसादको पुनर्मिलन भएको छ। यसरी फर्किएलान् भनेर नसोचेका छोरासँग ९२ वर्षको उमेरमा आमा धनमायाले भेट गर्न पाएकी छन्। ‘यो त बूढो पो भएछ लु हेर’, धनमायाले प्रकाशचन्द्र (दुर्गाप्रसादका काकाका छोरा)तिर फर्किंदै भनिन्, ‘यसले खोजेर ल्याउँछु भन्थ्यो, पत्याएकै थिइनँ, ल्यायो है ल्याउन त।’

    माया मारिसकेको छोरालाई माई नगरपालिका लुम्बाकस्थित घरमै पाएपछि धनमाया धेरै बोल्न सकिनन्। लाडप्यारले भरिएको स्वरमा उनले भनिन्, ‘पहिले लुरे थियो मोटाएछ, सायद सुन्निएको होला बिचरा।’ उनले छोरालाई मिठाई खुवाएर स्वागत गरिन्। उनले बिहानदेखि छोरो आउने बाटो कुरेकी थिइन्। उनी भन्दै थिइन्, ‘आउँछ भनेर कुर्दै छु।’ चाउरी परेको अनुहारमा आशा र खुसी बोकेर बसेकी धनमायाको छोरोसँग अपराह्न भेट भएको हो। दुर्गाप्रसाद हराएपछि पारिवारिक रूपमा निकै विपद भोगेकी धनमाया भन्दै थिइन्, ‘योभन्दा मेरो खुसी अरू केही छैन।’

    दुर्गाप्रसाद शनिबार कोलकातास्थित दमदम जेलबाट रिहा भएका थिए। इलामको फाकफोकथुम गाउँपालिकास्थित एकतप्पामा हुँदा ०३७ सालमा उनी बेपत्ता भएका थिए। भारतकै दार्जिलिङबाट व्यक्ति हत्या अभियोगमा उनलाई पक्राउ गरी जेल हाले पनि कुनै प्रमाणबिना अन्याय गरिएको परिवारका सदस्य बताउँछन्।

    उनलाई घर पुर्‍याउने क्रममा परिवारकै सदस्य प्रकाशचन्द्र, प्रदेश सांसद धीरेन्द्र शर्मा, दुर्गाप्रसादको मुक्तिका लागि संघर्षरत विश्वसेवा विस्तार संस्थाका सदस्य इन्द्र बस्नेतसहित सञ्चारकर्मीको उपस्थिति थियो। आफन्त र छरछिमेकी आइतबार दिउँसो दुर्गाप्रसादको घर पुगेका थिए। पहिलो भेटमा दुर्गाप्रसाद भने खासै बोलेनन्। उनले जेलबाट छुट्ने क्रममा आफू निर्दोष रहेको बताएका थिए। काकाकी छोरी मुना शर्माले केही आराम गराएर सहज महसुस भएपछि चिकित्सकको परामर्श लिइने बताइन्।

    ‘दाइ अहिले जहाँ हुनुहुन्छ त्यो नयाँ घर हो’, उनले भनिन्, ‘उहाँ जन्मनु, हुर्किनुभएको पुरानो ठाउँ (एकतप्पा) पुर्‍याउँदा सहज महसुस गर्नुहोला कि भन्ने आस गरेका छौं।’ बिनाकसुर जेल बस्नुपरेकामा क्षतिपूर्तिका लागि विज्ञको सल्लाह लिएर अघि बढ्ने उनले सुनाइन्। उनका अनुसार दुर्गाप्रसाद खासै प्रतिक्रिया जनाउँदैनन्। एउटा–एउटा शब्द मात्रै बोल्ने गरेको उनले सुनाइन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.