• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. बिचौलियाको मारमा किसान

कोरोनाको जोखिम फेरि बढेपछि उपत्यकामा उच्च सतर्कता

  •   बिहिबार, चैत १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । कोरोना भाइरस संक्रमणको जोखिम फेरि बढेपछि उपत्यकाका तीन जिल्लामा उच्च सतर्कता अपनाइएको छ। जनस्वास्थ्य मापदण्ड पालना नगर्ने व्यक्तिलाई कारबाही गरिने भएको छ। काठमाडौं उपत्यकामा केही दिनयता संक्रमितको संख्या वृद्धि भएपछि जनस्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको हो। काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार प्रेस विज्ञप्तिमार्फत संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने जनाएका छन्।

    पछिल्लो २४ घण्टामा बुधबार काठमाडौंमा ५३ जना नयाँ संक्रमित फेला परेका छन्। ललितपुरमा ८ र भक्तपुरमा २ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै संक्रमण बढ्न नदिन सार्वजनिक स्थलमा भीडभाड नगर्न अनुरोध गरेका छन्।

    घरबाहिर तथा सार्वजनिक स्थान एवं सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रूपमा मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्न र भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डलाई परिपालना गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोरोना संक्रमितको संख्या बिस्तारै बढ्न थालेको छ।

    ‘संक्रमितको संख्यामा केही कमी आएको भए पनि संक्रमणको जोखिम घटिसकेको अवस्था होइन’, डा. अधिकारीले भने, ‘जनस्वास्थ्य मापदण्ड नअपनाएका कारण संक्रमितको संख्या बढेको हो।’ लकडाउनको योजना नरहे पनि संक्रमितको संख्या उच्च हुन गए परिस्थितिअनुसारको नीतिगत निर्णय गरी संक्रमणको चक्र रोक्नुपर्ने डा. अधिकारीले बताए। ‘संक्रमणलाई भयावह रूपमा फैलिन नदिन सबैजना सजग हुनुपर्छ’, उनले भने। मुलुकभर १ हजार १ सय ८२ जना सक्रिय संक्रमित छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.