काठमाडौं । काठमाडौंको ज्याठास्थित मेगा बैकको एटिएम ह्याक गरी पैसा निकाल्न लागेका चिनियाँ नागरिक पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले चिनियाँ नागरिक वाङ जियाओलोलाई पक्राउ गरेको हो । उनी ज्याठास्थित होटल मन्टेसको चौथो तलाको ४०५ नं कोठामा बस्दै आएका थिए ।
उनको कोठाबाट १० वटा विभिन्न किसिमका चाबि, विभिन्न खालका एटीएम कार्ड १० थान, ड्रिल मेसिन, चीन, अमेरिका र नेपाली रकम लगायत बरामद गरिएकाे छ ।








