हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी -१ सानुटारमा ट्रक र मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
शनिबार राति भैसैबाट हेटौंडा तर्फ आउदै गरेको ना ५ख ८१२९को डब्बावाल ट्रक र विपरीत दिसाबाट आउदै गरेको ना १९ प ८९६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ।
मृत्यु हुनेमा मकवानपुर गढी-३ कालिखोला बस्ने २४ बर्षीय अनिश खड्का रहेको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताएका छन । दुर्घटनामा ट्रक तथा मृतक मोटरसाइकल चालकको शव ५० मिटर तल राप्ती खोलामा पुगेको जनाइएको छ।
दुर्घटनामा ट्रकका दुई जना घाइते भएको जनाइएको छ।शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ।








