हेटौंडा । केही समय यता कोरोना भाइरसका संक्रमित फेला नपरेको मकवानपुरमा फेरि संक्रमितको संख्या बढ्न थालेको छ । मकवानपुरको हेटौंडामा सोमबार एकैदिन ४ जनामा कोरोना संक्रमण फेला परेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाइँले जानकारी दिए छन् ।
कोरोना संक्रमण हेटौंडा १ मा दुईजना तथा हेटौंडा ४ र ८ मा एक÷एकजनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक चौलागाइँले जानकारी दिएका हुन् । सोमबार देखिएका ४ मध्ये दुईजना महिला र दुईजना पुरुष रहेका छन् । गत मंसिर–पौष महिना पछि एकैदिन यति धेरै संख्यामा संक्रमण पुष्टि भएको सोमबार पहिलो दिन भएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताए ।
पछिल्लो केही महिनादेखि हप्तामा एकजना पनि संक्रमित नदेखिएको हेटौडा क्षेत्रमा गएको हप्ताबाट भने संक्रमित देखिन थालेका हुन् ।








