• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

तनहुँका विभिन्न सामुदायिक वनमा भीषण आगलागी

  •   मङ्गलबार, चैत २४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका– १२ का विभिन्न सामुदायिक वनमा भीषण आगलागी भएको छ । केही दिनदेखि उक्त वडाका सामुदायिक वनमा आगलागी भएको हो । उक्त वडाको प्रगतिशील, लक्ष्मीथुम्का र आमडाँडामा डढेलो लागेको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए । साथै छिमेकी वडाको पोष्टकबारी सामुदायिक वनमा पनि डढेलो लागेको छ ।

    “कास्कीसँग सिमाना जोडिएका सामुदायिक वनमा पनि आगलागीका घटना बढेका छन्,” उनले भने, “फिरफिरेलाई घेरेका सबै सामुदायिक वनमा आगलागीका घटना बढेका छन् ।” वायु प्रदूषणको चरम अवस्थामा बढेका डढेलोले गर्दा लाखौँ वन्यजन्तु र बोटबिरुवा विनाश हुनुका साथै मानव जीवनको स्वास्थ्यमासमेत नकारात्मक असर पुगेको गुरुङले बताए ।

    “केही व्यक्तिको लापरवाहीका कारण यस्तो अवस्था सिर्जना हुन्छ, यसलाई नियन्त्रणका लागि सबै सचेत बन्नुपर्छ,” उनले भने, “अनैतिक काम गर्ने युवाका कारण पनि डढेलोका घटना बढेको हुनसक्छ ।” हिउँदे समय शुरु भएसँगै वन जङ्गलमा डढेलोको जोखिम रहने भएकाले डिभिजन वन कार्यालय तनहुँले पनि डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमलाई अगाडि बढाएको छ । चैत वैशाखको समयमा वन जङ्गलमा अत्याधिक डढेलो लाग्ने समय भएकाले कार्यालयले डढेलो नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रमलाई जोड दिएको हो ।

    जिल्लाका विभिन्न ठाउँमा डढेलो नियन्त्रणका लागि शीघ्र उत्तरदायी टिम गठन गरिएको कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । “यो समय भने जङ्गलमा डढेलो लाग्ने समय हो, डढेलो लागिहाल्यो भने तत्कालै नियन्त्रण र रोकथामका लागि विभिन्न सामुदायिक वनमा उत्तरदायी टिम गठन गरेका छौ,” उनले भने, “डढेलो लागेको थाहा पाउने वित्तिकै उक्त टिमले नियन्त्रणका लागि काम गर्छ ।” वन डढेलो नियन्त्रण वन कार्यालयले मात्रै गर्न नसक्ने भएकाले सरोकारवालाको पनि यसमा उत्तिकै भूमिका आवश्यक रहेको काफ्लेले बताए ।

    “डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासङ्घ लगायतलाई आग्रह गरेका छौ,” उनले भने, “सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ ।” यो वर्ष भने अहिलेसम्म जिल्लामा डढेलोको समस्या देखिएको छैन ।

    जिल्लामा रहेका आठ वटा सव डिभिजन वन कार्यालयले आ–आफ्नो क्षेत्रमा वन डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरिरहेका छन् । जिल्लाको ८२ हजार ५४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका दश वटा स्थानीय तहमा ६१६ सामुदायिक, ४८५ कबुलियती , ६ धार्मिक वन रहेका छन् । रासस

    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
    तनहुँ- १ बाट रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.