हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ बाट लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
चनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिडिरहेका हेटौंडा-९ बस्ने वर्ष २५ को सोबित तामाङलाई पक्राउ गरेको हो ।
चेकजाँच गर्दा तामाङको साथबाट लागुऔषध डाईजेपाम १६ एम्पुल, फेनार्गन १६ एम्पुल, नुर्फिन १६ एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।
तामाङ लागूऔषध सहित पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट लागुऔषध मुद्धामा म्याद अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।








