काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडी अयोध्याधाममा स्थापना गर्ने राम-सीताका मूर्ति हस्तान्तरण गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री ओलीले राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई बालुवाटारमा विधिवत् रूपमा पूजाआजा गरी हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आफ्नै खर्चमा बनाउन लगाएको भनिएको ती मूर्तिहरुलाई रामनवमीको अवसर पारेर बुधबार अयोध्याधाममा स्थापना गर्ने तयारी भएको छ । धार्मिक र्यालीसहित राम-सीताका मूर्तिहरुलाई आज देवघाटमा लगेर राखिनेछ । उक्त धार्मिक र्यालीलाई ‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको छ ।
अहिले माडी र र्यालीको बाटोमा पर्ने भरतपुर महानगरका विभिन्न स्थानामा स्वागत द्वार राखिएका छन्। भोली बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा मूर्तिहरु अनावरण गरिनेछ । अयोध्यामा राम मन्दिर बनाउने पनि सरकारको तयारी छ।








