काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना भाइरस संक्रमण भएको छ । भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर फर्किएका पूर्वराजा शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुले स्वदेश फर्किएपछि कोरोना संक्रमण परीक्षण गराएका थिए । परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ ।








