• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

हेटौंडाका शैक्षिक संस्था बैशाखभर बन्द रहने

  •   मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको मंगलबार बसेको बैठकले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण सम्बन्धी विभिन्न निर्णयहरु गरेको छ ।

    मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षतामा मंगलवार बसेको बैठकले गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट आएका निर्णयहरूलाई जिल्लामा बैसाख ७ गतेदेखि लागू हुने गरी कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैठकले हेटौडा उपमहानगरपालिकामा रहेका शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र) हरु भौतिक रूपमा संचालनमा रोक लगाएको छ ।

    प्रशासनले अर्को सूचना नभएसम्म शैक्षिक संस्थाहरु भौतिक रूपमा नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्न भनेको छ । यस्तै हेटौडा उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहहरूले जोखिमको आँकलन गरी आफ्नो स्थानीय तह अन्तर्गतका विद्यालयहरूमा जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गराई पठन पाठनलाई निरन्तरता दिन सक्ने जनाएको छ ।

    साथै, सम्बन्धित स्थानीय तहको पालिका स्तरीय शिक्षा समितिको निर्णय बमोजिम हुने गरी परीक्षा यथाशीघ्र सञ्चालनको व्यवस्था मिलाउन पनि भनेको छ । विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी तोकिएको समयमा सञ्चालन गर्ने र सो को जानकारी शिक्षा विकास तथा समन्वय इकाई मार्फत जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, मकवानपुरलाई दिने समेत निर्णय भएको छ ।

    बैठकले जिल्लाभित्र रहेका सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्पा, स्विमिंग पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शक सहितको खेलकूद र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

    ब्युटिपार्लर र सैलुनहरूको हकमा पिपिई, मास्क र स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गरी एक पटकमा एक जनालाई मात्र सेवा प्रदान गर्ने गरी संचालन गर्न पाईने भएको छ ।यस्तै जिल्लाभित्रका मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बैशाख मसान्त सम्म नित्य पूजा मात्रै संचालन गर्न पाउने निर्णय गरेको छ ।

    यसैगरी सार्वजनिक स्थानमा एक पटकमा पच्चीस जना भन्दा बढी भेला हुन नहुने, कुनै पनि सामान अनावश्यक बस्तु नछुने, दुई व्यक्तिको बीचमा दुई मिटर दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने, पटक–पटक साबुन पानीले हात धुने वा सेनिटाइज गर्नुपर्ने निर्णय गरेको छ । मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा पच्चीस जना भन्दा बढी नहुने र जनस्वास्थ्यका मापदण्डको पालना हुने गरी सञ्चालन गर्न भनिएको छ ।

    विवाह वा ब्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिई पच्चीस जनामा नबढ्ने गरी गर्ने बताईएको छ । साथै बैठकले सभा, सम्मेलन, गोष्ठी, सेमिनार, समीक्षा, बैठक, तालिम, प्रशिक्षण जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्नुपर्ने जनाएको छ । भौतिकरूपमा उपस्थित भई गर्नै पर्ने भएमा प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिई बढीमा पच्चीस जना मात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय भएको छ ।

    सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाईने, सबै यात्रुलाई मास्क लगाउन अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, चालक तथा सहचालकले मास्क र भाइजर लगाउनुपर्ने, सवारी साधनलाई दैनिकरूपमा निसङ्क्रमित गर्नुपर्ने, सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा दश रुपैयाँ लिई मास्क उपलब्ध गराउनुपर्ने, मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने, लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी शुरू गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण जिल्ला ट्राफिक कार्यालय, मकवानपुर मार्फत जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डिसिसिएमसि मकवानपुरलाई उपलब्ध गराउनु पर्ने छ । यस्तै होटेल तथा रेष्टुरेन्टले विहान ८ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म संचालन गर्न पाईने, होटेल तथा रेष्टुरेन्टका कामदारले अनिवार्य रूपमा मास्क, भाइजर र पञ्जा लगाउनु पर्ने, होटेल तथ

    बागमती प्रदेशले संघिय सरकारसँग पुनर्निर्माणका लागि एक अर्ब अनुदान माग्ने
    कारले स्कटिङ् गर्दै ल्याएको एक सय ६२ किलो गाँजासहित दुई जना पक्राउ
    सीएमसीद्वारा कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ३८३ जनाले लिए सेवा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.