फाईल फोटो
काठमाडौं । भोली शुक्रवारदेखि भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा गर्न नपाउने भएका छन् । कोरोना भाइरसका संक्रमित वृद्धि भएसँगै पशुपति मन्दिरमा पूजाआजाका लागि भक्तजनलाई रोक लगाइएको व्यवस्थापन पक्षले जनाएको छ ।
अर्को व्यवस्था नहुन्जेल भक्तजनले पशुपतिनाथमा पूजाआजा गर्न नपाउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपतिनाथ मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने व्यवस्था गरिएको कोषका कोषाध्यक्ष मिलनकुमार थापाले बताएका छन् ।








