हेटौंडा । हेटौंडामा शुक्रबार बिहान कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। हेटौडा-४ भैरवरोड का ५० बर्षीय एक पुरुषको आज बिहान मृत्यु भएको हो।
कोरोनासँगै क्षयरोग(टीबी) र उच्च कोलेष्टोलका विरामी रहेका उनको आज बिहान घरमै मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखापरेपछि विदेशबाट विरामी अवस्थामा नेपाल फर्केका उनको बैशाख २ गते हेटौंडा अस्पतालमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो।
केही दिन अघि कोरोना संक्रमित हेटौंडा-४ कर्राका ८४ वर्षीय एक बृद्धको मृत्यु भएको थियो।योसँगै मकवानपुरमा दोस्रो लहरको कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।








