हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेशको सह–इन्चार्जमा बागमती प्रदेशका मुख्यमन्त्री तथा एमाले केन्द्रीय सदस्य डोरमणी पौडेल चयन भएका छन् ।
नेकपा एमालेले आज दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटिका सदस्यरुको कार्यविभाजन गरेको हो । जसअनुसार पौडेले बागमती प्रदेशको सहइन्चार्ज तथा नगरपालिका महासंघको इन्चार्ज चयन भएका हुन् ।








