• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

अस्पताल भरिएपछि विकल्प खोज्दै सरकार

  •   शनिबार, बैशाख ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । कोरोना संक्रमणको चापका कारण कोभिड अस्पतालका बेड तथा आइसियु कक्ष भरिएपछि वैकल्पिक तयारी तीव्र पारेको सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिनायता नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढेपछि उपत्यकाका कोभिड अस्पताल बिरामीले भरिएका छन् ।

    अस्पतालमा आवश्यकताअनुसार हाइडिपेन्डेन्सी बेड र अक्सिजन ट्यांक थप्ने तथा जनशक्तिलाई तालिम दिने काम भइरहेको स्वास्थ्य सेवा विभाग उपचारात्मक शाखाका प्रमुख डा. प्रकाश बुढाथोकीले बताए। हाल स्टक रहेको अक्सिजनले दुई महिना मात्रै धान्ने अवस्था छ भने संक्रमणदर बढेपछि चार महिनासम्मलाई पुग्नेगरी खरिद गर्ने तयारी भइरहेको छ ।

    यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अक्सिजन उत्पादक कम्पनीसँग छलफल गरेका छन् । कम्पनीले सरकारको लक्ष्यअनुसार अक्सिजन उत्पादन गर्न सक्ने जानकारी गराएका छन् । पर्याप्त अक्सिजनका लागि थप २ हजार सिलिन्डर किन्ने तयारी भएको डा।बुढाथोकीले बताए। व्यवसायीले आफैं किनेमा सरकारले कर छुट दिने अथवा सरकारले किनेर व्यवसायीलाई दिने सम्झौता भएको छ ।

    सरकारले ३ सय नर्स, २ सय चिकित्सक र ५ सय स्वास्थ्यकर्मीलाई कोभिड उपचारका लागि भर्चुअल तालिम दिइरहेको छ । यस्तै गत वर्ष घोषणा भएका आइसोलेसन सेन्टरहरू आयुर्वेद अनुसन्धान केन्द्र कीर्तिपुर, मनमोहन अस्पताल, दुवाकोट आइसोलेसन सेन्टर र खरिपाटी केन्द्रलाई पुनः तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।

    हाल उपत्यकाका कोभिड अस्पतालमा सरकारले घोषणा गरेअनुसार ५० प्रतिशत बेड कोभिडको उपचारका लागि मात्र प्रयोग भइनसकेको र सामान्य लक्षण भएका बिरामीलाई पनि अस्पताल भर्ना गरेका कारण बेड अभाव देखिएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। कृष्ण पौडेलले बताए ।

    कोरोनाका बिरामीको उचित व्यवस्थापनका लागि सामान्य लक्षण भएकाको आइसोलेसन सेन्टरमा र गम्भीर लक्षण भएकाको अस्पतालका हाइडिपेन्डेन्सी युनिटमा उपचार गरिरहेको डा. पौडेलले बताए । ‘बढी लक्षण भएकालाई अक्सिजनबिना उपचार गर्न सकिन्न । सरकार अक्सिजन व्यवस्थापनको तयारीमा पनि छ’, उनले भने ।

    देशभरिमा हाइडिपेन्डेन्सी बेड २ हजार, आइसियु बेड ५ हजार र भेन्टिलेटर एक हजार पुयाउनेगरी जडान गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । ‘पहिला नै प्रयोग भएका उपकरण हुन् । कोरोना संक्रमण बढेपछि धमाधम जोड्ने काम भइरहेको छ’, डा बुढाथोकीले भने ।

    संक्रमणदर २६.४७ प्रतिशत

    गत २४ घण्टामा कोरोना संक्रमण दर २६.४७ प्रतिशत देखिएको छ । बिहीबारको तुलनामा यो दर ३.२ प्रतिशतले वृद्धि भएको हो । दुई सातायता दैनिक संक्रमण दर २ देखि ४ प्रतिशतले वृद्धि भइरहेको छ । गत चौबीस घण्टामा देशभरिमा ९ हजार ६ सय ६४ वटा नमुना परीक्षण गर्दा २५ सय ५९ जना संक्रमित भेटिएका छन् ।

    चौबीस घण्टाभित्रमा देशभरिमा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यीसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय २२ पुगेको छ । गत चौबीस घण्टामा ४ सय १० जना निको भएका छन् ।

    हाल देशभरिमा १४ हजार ७ सय २४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । तीमध्ये ११ सय ४६ जना संस्थागत आइसोलेसनमा छन् भने आइसियुमा १ सय ७३ र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नागरिक दैनिकबाट

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.