हेटौंडा। मकवानपुर प्रहरीले हराएको मोटरसाईकल फेलापारी सम्बन्धित धनिलाई बुझाएको छ। चैत ११ गते राति हेटौडा उप-महानगरपालिका वडा नम्बर ७ का दिनेश थापामगरले आफ्नै घरमा पार्किङ गरेर राखेको ना ४२ प ७०७० नम्बरको मोटर साईकल हराएको भनी निवेदन दिएका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उक्त निवेदन आधारमा खोजि गर्दा प्रहरी चौकी हटियाको टोलीले फेला पारेको मकवानपुर प्रहरीले जनाएको छ।फेला पारेको मोटरसाइकल सम्बन्धित धनि थापलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले बताएका छन्।








