काठमाडौं । पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना पुष्टि भएसँगै उनलाई थापाथलीस्थिति नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
कोरोना संक्रमित पूर्वराजा ज्ञानेद्र शाह, पूर्वरानी पनि यसअघि नै सोही अस्पतालमा भर्ना भइसकेका छन् ।








