फाइल फोटो
हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा छोराको बन्चरो प्रहारबाट बाबुको मृत्यु भएको छ । आइतबार बिहान कैलाश-३ कटुञ्जेमा आफ्नै छोराको बन्चरो प्रहारबाट स्थानीय ५० बर्षीय बलराम सापकोटाको मृत्यु भएको हो ।
सापकोटालाई आफ्नै ३० बर्षीय छोरा अन्जन सापकोटाले टाउकोमा बन्चरो हानेका थिए । छोराको बन्चरो प्रहारबाट बाबुको घटनास्थलमै मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारीले बताएका छन ।
बन्चरो प्रहार गर्ने अन्जनलाई प्रहरी चौकी भार्ताको प्रहरी टोलीले बन्चरो सहित नियन्त्रणमा लिएको र अनुसन्धान कार्य सुरु गरेको प्रहरी निरीक्षक अधिकारीले बताएका छन ।








