काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय नेताले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध दर्ता गरेको रिट सर्वोच्च अदालतको पेशीमा चढेको छ ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा आइतबार पेशी तोकिएको हो। उक्त मुद्दा ३०औ नम्वरमा पेशी रहेको छ। आइतबार यसको सुनुवाइको पेशी तोकिएपछि सुनुवाइ हुन भने मुस्किल देखिन्छ । नेपाल पक्षका माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले बैशाख ९ गते रिट दर्ता गरेका थिए ।
केन्द्रीय कमिटी खारेज गरेर महाधिवेशन कमिटी बनाउने, आफूहरूमाथि कारबाही चलाउने अध्यक्ष ओलीको निर्णय पार्टी विधान र कानुन विपरित रहेको भन्दै सर्वोच्च रिट दायर गरेका थिए ।








