हेटौँडा । देशभर फैलिरहेको कोभिड–१९ (कोरोना भाईरस) को कारण आशन्न मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन सरेको छ । आगामी बैशाख १८ गते हुने भनिएको निर्वाचन दोश्रो पटक पनि सरेको हो ।
गत चैत्र २३ गते तय भएको निर्वाचनलाई मकवानपुर उद्योग वाणिज्य संघले कोभिडको कारण देखाउँदै बैशाख १८ लाई तय गरेको थियो । तर कोरोना प्रकोप थप भयावह हुँदै आएपछि निर्वाचन पुनः सरेको हो । नयाँ निर्वाचनको मिति भने मकवानपुर उद्योग वाणिज्य संघको बैठकले तय गर्ने जनाईएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी सहित आसन्न निर्वाचनका उम्मेद्वारहरु, मउवासंघ कार्यसमितिको बैठकमा निर्वाचनको नयाँ मितिको विषयमा छलफल हुँदा असारभित्र अनकुलता हेरेर निर्वाचन गर्न प्रशासनले सुझाव दिईएको बताईएको छ ।








