हेटौंडा । मकवानपुरमा भोलिबाट ब्युटिपार्लर र शैलुन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले मकवानपुरका विभिन्न स्थान र हेटौंडा बजारमा सञ्चालित ब्युटिपार्लर र शैलुन भोलिबाट अर्को सुचना नभएसम्म बन्द हुने जनाइएको छ ।
मकवानपुर र हेटौंडामा कोरोना संक्रमणको संख्या बढदै गएकोले यो निर्णय गरिएको प्रजिअ भरतमणी पाण्डेले बताए।कोभिड नियन्त्रणका लागि आजबाट हेटौंडा-४ ख्वपगल्ली र बसपार्कको तरकारी पसल र माछामासु पसल दैनिक ४ घण्टा खोल्ने निर्णय गरेको थियो।









