हेटौंडा । आयर्बेद तथा जनस्वास्थ्य प्रवर्दन शाखा हेटौंडाका अनुसार मकवानपुरमा शुक्रबार ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
हेटौंडा अस्पताल र बनस्खंडी शहरी स्वास्थ्य केन्द्र हेटौंडा २ मा रहेको प्रयोगशालामा ९२ जनाको परीक्षण गरिएकोमा थप ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । विहीबार र शुक्रबार गरिएको ८५ जनाको पीसीआर परीक्षणबाट ५७ जना र ७ जनाको एन्टीजेन परीक्षणबाट ४ जनाका कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरापालिकाका जनस्वास्थ्य निरीक्ष भोला चौलागाईले जानकारी दिए ।
उनका अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेहरुमा २८ जना महिला र ३३ जना पुरुष रहेका छन् । कोरोना पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरापालिकाका वडा नम्बर ४ का सबैभन्दा धेरै १५ जना रहेका छन् ।
यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का ८ जना, वडा नम्बर १, २, र ५ का ६÷६ जना, वडा नम्बर ११ का ५ जना, हेटौडा, वडा नम्बर ६, १६, १७ र बागमती गाउँपालिकाका एक एक जना रहेका छन् ।
यस्तै हेटौंडा उपमहानगरापालिका भित्रका ठेगाना नखुलेका ४ जना र मकवानपुर जिल्ला बाहिरको काठमाडौंका एक जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।









