काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको ८५ वर्षकाे उमेरमा आज निधन भएको छ ।
छातीमा समस्या देखिएपछि काठमाडौंस्थित न्यूरो अस्पताल भर्ना गरिएका उनको दिउँसो साढे १ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । “अचानक मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
उहाँको आज दिउँसो साढे १ बजे निधन भएको छ,” पारिवारिक स्रोतले भन्यो । उनको आजै अन्तिम संस्कार गरिने बताइएको छ । वरिष्ठ गायक प्रधानका थुप्रै गीत लोकप्रिय छन् । ‘गोरेटो त्यो गाउँको’, ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘पर लैजाउ फूलहरु’लगायत उनका दर्जनौं गीत लोकप्रिय छन् ।








