चितवन । ठुला राजनितिक दलका नेताहरु कोरोनाको कहरलाई बेवास्ता गरी सत्ताको लुछा चुडीमा लागीरहेका बेला बिप्लव नेत्रित्वको नेपाल कम्युनिष्ट पार्टी जनताको सेवामा जुटेको छ । नेपाल कम्युनिष्ट पाटी चितवन र अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ चितवनले भरतपुर अस्पताल परिसरमा बिरामी सहायता कक्ष स्थापना गरेका छन् ।
कोरोना तथा अन्य बिरामीको सहयोगका लागी सहायता कक्ष स्थापना गरिएको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ चितवनका अध्यक्ष होमनाथ पौडेलले जानकारी दिए । नेपाल कम्युनिस्ट पार्टी चितवनका जिल्ला ईन्चार्ज सन्देश पौडेलले स्वास्थ्य सामाग्री स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरि सहायता डेक्सको उद्घाटन गरेका थिए ।
कोरोना भाईरस कोभिड १९ महामारीको दोस्रो लहर सुरु भए पछि संक्रमण तिब्र रुपमा फैलिए संगै अस्पताल आउने बिरामिलाई मास्क र स्यानिटाइजर प्रयोगमा ध्यान दिन आग्रह गर्दै यसका असर र बच्ने तरिका बारे जानकारी गराउने उद्देश्यले जिल्ला पाटी र अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ चितवनको संयोजनमा सहायता कक्ष स्थापना गरिएको जिल्ला इन्चार्ज पौडेलको भनाई छ ।
पाटिले अव नागरीकको घरघरमा अभियान लिएर जाने पौडेलले बताए । उक्त कार्यक्रममा नेकपा जिल्ला सेक्रेटरी मिनप्रसाद सापकोटा, जिल्ला नेता दुर्गा प्रसाद सुबेदी ,अखिल(क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराई लगाएत को उपस्थिति रहेको थियो ।









