चितवन । चितवनमा निशेधाज्ञा लागु भएको २ हप्ता वितिसक्दापनि अवज्ञा गर्नेको संख्यामा कमी आउन सकेको छैन । जिल्लाभरका मुख्य सडक तथा चोकहरुमा सुरक्षाकर्मी परिचालन गरेपनि यसको संख्यामा कमी आउन सकेको छैन ।
जसका कारण कोरोना जोखिम उत्तिकै बढ्ने देखिन्छ । मानिसका लावरबाही र हेल्चेक्रयाईका कारणनै कोरोना जोखिम कम हुन नसकेको हो । चितवनमा आज बुधबार मात्रै तोकिएको समय र तोकिएका अत्याबश्यक पसल खोल्ने १२ जनालाई कारवाही गरी जरीवाना समेत तिराएको छ ।
ती पसलहरुबाट प्रहरीले ४हजार ४०० रुपैयांँ जरीवाना संकलन गरेको छ । यस्तै आज मात्रै निशेधाज्ञाको अवज्ञा गर्ने १२१ जनालाई होल्डमा राखेर छाडेको छ । यस्तै दुईपांँग्रे र चारपांँग्रे सवारी साधन गरी २४३ जनालाई जरीवाना सहित कारवाही गरेको छ । जसबाट प्रहरीले ९८ हजार ३०० रुपैयांँ संकलन गरेको छ ।








