नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले वित्तिय संस्था पनि दैनिक २ घण्टा खोल्न दिने भएको छ । यस अघि २ घण्टा खाद्यान्न पसल पनि खोल्न दिने जनाएको प्रशासनले आज थप आदेश जारी गर्दै वित्तिय सस्था अत्यावश्यक भित्र पर्ने भएकाले दैनिक २ घण्टा खोल्न भनेको हो ।
आदेश अनुसार अव विहान १० बजे देखि १२ बजे सम्म बैंक तथा वित्तिय सस्था खोल्न पाइने छ । जिल्लामा संक्रमण भने बढ्दै गएको छ । आज मात्रै गैँडाकोटमा ४९ संक्रमित थपिएका छन् भने सक्रिय संक्रमितको सख्या १ हजार २४ पुगेको छ ।









