फाइल फोटो
चितवन । चितवनमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर १ की तेज कुमारी सुनुवार रहेकी छिन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज दिउसो १२ः३५ बजेको समयमा सोही वडाको चतुर्मुखी सामुदायिक वनमा जंगलमा घांँस तथा न्युरो खोज्न गएको अवस्थामा उनलाई गैंडाले आक्रमण गरेको थियो ।
आक्रमणबाट गम्भीर घाइते उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।








