फाइल फोटो
नवलपुर । जंगलमा वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक फेला नवलपरासीको गुहेरी स्थित जंगलमा वेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार आज बिहान ११ बजे हुप्सेकोट गाउंँपालिका वडा नम्ब. २ स्थित गुहेरी जंगलमा कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले लुकाई छिपाई राखेको अवस्थामा एकनाले भरुवा बन्दुक फेला पारेको हो । बन्दुक बरामद गरी यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








