फाइल फोटो
नवलपुर । कावासोतीमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा कावासोती नगरपालिका वडा नं. १ का चक्र मोक्तान.सोही स्थान बस्ने अन्य जुवाडमो झवी अधिकारी.बल बहादुर लक्ष्मण श्रेष्ठ र राजु घिमिरे रहेका छन ।
स्थानीय प्रहरीका अनुसार आज १५ः३० बजेको समयमा जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.वडा नम्बर १ हात्तिखोर मा गस्तीको क्रममा सो स्थानको खाली कटेजमा हार जीत हुने गरी जुवातास खेलि रहेको अवस्थामा नगद २५ हजार ९७० रुपैयांँ सहित उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरीले जनाएको छ ।








