हेटौंडा । मकवानपुर प्रहरीले बैशाख २६ गते राति बकैया गाउँपालिका ४ जुरेलिमा रहेको फुयाँल किराना पसल चोरि गर्ने एकजनालाई चोरि गरेको सामान सहित पक्राउ गरेको छ। प्रहरी चौकी हात्तीसुडेका प्रहरी सहायक निरिक्षक कृष्णराज गौतमको कमाण्ड खटिएको प्रहरी टोलीले पसल चोरी गर्ने बकैया गाँउपालिका–५ भनौराका १९ वर्षीय दिपेश देउजालाइ चोरी गरेको सामान सहित पक्राउ गरेको जनाइएको छ। पसल सञ्चालक होमनाथ फुयाँलले पसलमा रहेका विभिन्न सामना सहित नगद करिब १२ लाख १० हजार ३ सय ४० रुपैयाँ चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका थिए। उक्त उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर प्रसाद गजमेरको टोलि घटनास्थलमा पुगेर अनुसन्धान गरेको थियो। मकवानपुर प्रहरी देउजाले चोरि गरेको नेपाल टेलिम र एनसेलको रिचार्ज कार्ड, चुरोट,मदिरा, साबुन, मन्जन, स्याप्पु, नरिवल,खाने तेल नगद रकम सहित पक्राउ गरि आज सार्वजनिक गरेको छ। पक्राउ परेका देउजालाइ हिरासतमा राखेर अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकलाइ बताएका छन्।








