काठमाडौं । आजदेखि विद्यालयहरुमा नयाँ शैक्षिक सत्र शुरु भएको छ । नयाँ शैक्षिक सत्र २०७८ शुरु भएसँगै आजैदेखि नयाँ शैक्षिक सत्र २०७८ का लागि भर्ना अभियान पनि शुरु भएको छ ।
यसअघि बैशाख २ गतेदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान शुरु हुने गरेको भएतापनि कोभिडको कारण गत वर्ष देखिनै नयाँ शैक्षिक भर्ना अभियान प्रभावित भएको छ । गत वर्षकै वार्षिक परीक्षा सम्पन्न हुन नपाउँदै कोरोना महामारी फैलिएपछि तोकिएको परीक्षाहरु स्थगित गरिएको थियो । विद्यालयहरुले नै विद्यार्थीको आन्तरिक मुल्याङकन गरेर नतिजा सार्वजनिक गरेका थिए ।
भर्ना अभियान शुरु भएतापनि विद्यायलयहरुमा भौतिक रुपमा उपस्थित भई पठनपाठन निरन्तर नहुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट भने पठनपाठन शुरु गरिने मन्त्रालयले जनाएको छ । ।








