काठमाडौं । प्रहरीले ज्वाला संग्रौलासहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिने टिका संग्रौला ‘ज्वाला’लाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो । ‘सामाजिक अभियन्ता’ दावी गर्ने ‘ज्वाला’ संग्रौलासहित शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेको जाहेरीका आधारमा प्रहरीले उनीहलाई पक्राउ गरेको हो । गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले खुस्बुमाथि १६ जेठमा आक्रमण गरेको थियो ।
त्यस्तै प्रहरीले टेकुको प्रहरी परिसर गेटबाहिर हिमाल उपाध्यायलाई हातपात गरेको आरोपमा थप २ जनालाई पक्राउ गरेको छ । प्रहरीले उपाध्यामाथि हातपात गर्ने सुनिल खत्री र सुमन चित्रकारलाई पनि पक्राउ गरेको हो ।








