• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

स्थानीय जातका गाईको गहुँतले कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने

  •   मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । स्थानीय जातका गाईको गहुँत गोमुत्रमा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तित्वले बताउनुभएको छ ।

    श्री गोलोक गोवद्र्धन संरक्षण धाम, वैष्णव युवा परिषद् नेपाल, कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानलगायत संस्थाले आइतबारदेखि भर्चुअल माध्यमबाट शुरु गरेको सात दिने स्थानीय गाईको संरक्षणका लागि गोरक्षा महोत्सवका वक्ताले वैज्ञानिकरूपमा महत्व पुष्टि भएको स्थानीय जातका गाई लोप हुँदै जान लागेकाले संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको हो ।

    पछिल्लो समय फैलन थालेको कालो ढुसीबाट बचाउन लसुन र प्याज पनि उपयोगी रहेको उहाँहरुको भनाइ छ । कार्यक्रममा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष स्वामी चैतन्य कृष्णले उच्च रक्तचाप र मधुमेहका रोगीलाई स्थानीय जातको गाईको दूधले फाइदा गर्ने तथा यी गाईमा पाइने कक्र्युमिन नामको तत्वले क्यान्सरलाई ठीक गर्न सहयोग गर्ने बताउनुभयो । प्रकृति र पर्यावरणको संरक्षणका लागि पनि स्थानीय जातको गाईलाई जोगाउनुपर्ने उहाँको भनाइ थियो ।

    “गाईलाई रासायनिक मलले असर गरेको छ, रासायनिक मलले स्थानीय जातका गाई बाँच्न आवश्यक वातावरण नष्ट हुन थालेको छ, गाईको गहुँतमा सुन नै पाइएको पनि अध्ययनबाट प्रमाणित भएको छ, स्थानीय जातका गाई मानिसजस्तै हिमालय क्षेत्रमा जान सक्छन्”, स्वामी चैतन्य कृष्णले भन्नुभयो । मानव शरीरमा एचआइभी एड्सविरुद्ध एण्टीबडी तयार पार्न गाईको दूध उपयोगी भएको तथ्य वैज्ञानिक अध्ययनबाट प्रमाणित भएको छ ।

    स्थानीय जातका गाईमा कीरा वा झिङ्गा कुनै अङ्गमा बसेमा त्योमात्र हल्लाउन सक्ने क्षमता हुन्छ । यो क्षमता जर्सीलगायत अन्य जातका गाईमा हुँदैन । स्थानीय जातका गाईको शरीरमा सबै देवीदेवताले बास गर्ने भएकाले गौमाताका रूपमा पूजा आराधना गर्ने वैदिक सनातनी हिन्दू परम्परा छ । वैदिक ग्रन्थमा गोचरणभूमिलाई नाश गर्ने व्यक्तिको कल्याण हुँदैन भनी व्याख्या गरिएको छ ।

    स्थानीय जातका गाईको वैज्ञानिक अध्ययन अनुसन्धानका लागि नेपालमै पहिलोपटक कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले प्रयोगशाला स्थापना गर्ने तयारी गरेको स्वामी चैतन्य कृष्णले बताउनुभयो । नेपाल भूमिमा स्थानीय जातका गाई केन्द्रित कृषि प्रणाली, गाईमा आधारित अर्थनीति आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

    गाईको बिक्री, गाईलाई असहाय बनाएर छाड्ने प्रवृत्तिविरुद्ध जागरण फैलाउन सातदिने महोत्सव जुम प्रविधिबाट आयोजना गरिएको हो । भगवान् पशुपतिनाथको बास रहेको र बाबा गोरखनाथले तपस्या गर्नुभएको नेपाल भूमिमा वेदलक्षणा स्थानीय जातका गाईको दिगो पालनाले नै देशको संरक्षण हुने कार्यक्रमका अधिकांश वक्ताको भनाइ थियो । जरोकिलो महाअभियानका अध्यक्ष सह प्रा डा निर्मलमणि अधिकारीले वैदिक ज्ञानमा पुनर्जागरण शुरु भएकाले स्थानीय जातका गाईको पनि संरक्षण हुने वातावरण बनेको बताउनुभयो ।

    वैदिक गुरुकुल विगत १०० वर्षमा अहिले सबैभन्दा बढी पुगेकाले स्थानीय जातका गाईको संरक्षणमा गुरुकुलले भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । विसं २०१८ मा स्थानीय जातका गाईलाई बढी दूध दिने बनाउन सुई लगाउन शुरु गरेपछिदेखि नै यसको अस्तित्व सिध्याउन शुरु गरिएको अधिकारीले बताउनुभयो । दूध बढाउन गौमातालाई यन्त्र बनाएकाले लोप हुने अवस्थामा पुगेको जनाइएको छ ।

    विसं २०२८ मा संविधानमा हिन्दू राज्य उल्लेख गरिए पनि गौमाता एवं लक्ष्मीका रूपमा पुजिने स्थानीय जातका गाई नाश गर्ने अभियान शुरु भएको थियो । विसं २०२८ मा आएको नयाँ शिक्षाले धार नै परिवर्तन गरी नेपालको मौलिक विषयवस्तुलाई पन्छाउँदै गएपछि स्थानीय जातका गाईलगायत देशको पहिचानका मौलिकता बोकेका कुरा क्रमशः हराउन शुरु भएको अध्येता अधिकारीको भनाइ छ ।

    हिन्दू जागरणका अध्यक्ष रामकृष्ण उपाध्यायले ‘गावो विश्वस्य मातर ः’ अर्थात् गाई विश्वकै आमा भनी शास्त्रमा वर्णन गरिएबाटै यसको महत्व झल्कने बताउनुभयो । स्थानीय जातका गाईको सेवाका लागि प्रत्येक नेपालीबाट सहयोग जुटाउने अभियान चलाउनुपर्ने उहाँको भनाइ थियो । आयोजक समितिका अध्यक्ष स्वामी नन्दकिशोरले सडकमा वृद्ध गाई र गोरु धेरै अलपत्र परेको बताउनुभयो ।

    यस्ता गाईलाई गिद्धले समस्या बनाउँदै लगेको उहाँको भनाइ थियो । महोत्वसव आगामी शनिबारसम्म जुम प्रविधिबाट जारी रहने जनाइएको छ । कार्यक्रममा स्थानीय जातका गाईको संरक्षणका लागि सहयोगसमेत गर्न सकिने जनाइएको छ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.